arrow

निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका एसपी विष्टको पुनर्बहाली

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १५ बुधबार
nirmala1.JPG

काठमाडौं । सरकारले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डमा मुछिएर निलम्बनमा परेका एसपी डिल्लीराज विष्टको पुनर्बहाली गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

बालिका पन्तको बलात्कार तथा हत्यापछिको अनुसन्धानमा लापरवाही गरेको र प्रमाण नष्ट गरेको भन्दै सरकारले विष्टलाई ३१ भदौ २०७५ मा निलम्बन गरेको थियो । त्यसपछि गृह मन्त्रालयले ८ कात्तिक २०७५ मा उनलाई बर्खास्त गरेको थियो ।

तर जिल्ला अदालत कंचनपुरले भने उनलाई गत १५ साउनमा निर्दोष रहेको ठहर गर्दै काममा फर्कन बाटो खोलिदिएको थियो । सो फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए ।

अदालतले सफाइ दिएपछि गृह मन्त्रालयले समेत विष्टको पत्रका आधारमा पुनर्वहालीका लागि मन्त्रिपरिषदमा पत्र पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ