arrow

संविधानको रक्षा गर्नु नै कांग्रेसको पहिलो प्राथमिकता : शशांक कोइराला

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
sasank6.jpg

कपिलवस्तु । संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको  कांग्रेस माहमन्त्री डा. शशांक कोइरालाले बताएका छन् ।  नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधान कार्यान्यवन गर्ने र रक्ष गर्ने काम पनि नेपाली कांग्रेसको रहेको बताएका छन् ।

कपिलवस्तुको चार नम्बर स्थीत श्रीपेच रिसोर्टमा भएको नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस र उसका भातृसंस्थाको बिहिबार ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कपिलवस्तु आएका कोइरालाले नेपाली कांग्रेसले गरेको विरोध कार्यक्रमहरु जति पनि छन यसले संविधानको रक्षा लागि मात्र भएको जानकारी दिए ।

नेपाली कांग्रेस कत्ति पनि डराउने वाला छैन चुनावको डटेर सामना गर्छ- उनले भने । त्यस्तै कार्यक्रमा  कोईराललाले आउदो चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबि गरे । अहिले भएको संसद विघटनको विरोध गर्नुको कारण संविधान माथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपाली कांग्रेसको भएको उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, दिपक गिरि ,गुरुराज घिमिरे,अतहर कमाल, जिल्ला सभापति सुरेन्द्र राज आर्चाय लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ