arrow

गणतन्त्र विरोधी गतिविधि हुन दिइन्न : देउवा

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
Sher-Bahadur-Deuba-1.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले कुनै हालतमा गणतन्त्र विरोधी गतिविधि हुन नदिने बताएका छन । मेलमिलाप दिवसका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपाबाट बिहिबार भएको फेसबुक लाइभ कार्यक्रममा देउवाले गणतन्त्र बिरुद्ध केही शक्ति लागेको भन्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए ।

देउवाले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको भन्दै कांग्रेस दायित्वबाट नचुक्ने दाबी समेत गरे । कार्यक्रममा देउवाले वीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आहवान गर्दै स्वदेश फर्केर लिएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै कांग्रेस मेलमिलापकै सिद्धान्तबाट अघि बढिरहेको धारणा राखे ।

‘हाम्रो साझा र मुल बाटो मेलमिलाप नै हो, वीपीले अंगालेको नीति आज पनि सान्दर्भिक छ, कांग्रेस त्यही बाटोबाट अघि बढिरहेको छ,’ देउवाले भने ।  वीपीले जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको देउवाले दाबी गरे ।

देउवाले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै आधारमा गिरिजाप्रसाद कोइरालाले जनयुद्धमा होमिएको तत्कालिन माओवादीलाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए । कांग्रेसले देशव्यापी रुपमा नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर बिहिबार मेलमिलाप दिवस मनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ