arrow

पार्टी चलायमान बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री कोइराला

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
sasank-koirala1.JPG

कपिलवस्तु । नेपाली कांग्रेस महामन्त्री डा .शशांक कोइरालाले पार्टीलाई चलायमान बनाउनको लागि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले मेलमिलात तथा एकता दिवसको अवसरमा तौलिहवामा राखेको विचार गोष्ठीमा महामन्त्री कोइरलाले यस्तो बताएका हुन् ।
 
नेपाली कांग्रेसलाई व्यवस्थित र चलायमान र देशमा लोकतन्त्रको रक्षा गर्न अवको महाधिवेशनवाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । कोइरलाले भने,'शेरबहादुर देउवा या अरु कसैको मैले विरोध गरेर भनेको होइन वर्तमान अवस्थामा देश र पार्टीलाई गति दिन नयाँ नेतृत्व आउनु पर्छ ।'

साथै कोइरलाले पार्टीमा घात अन्तर्घतको कारण निर्वाचनमा आफुहरु पराजय भोग्नु परेकोले अव सबै मिलेर एक भएर जानुपर्ने धारण राखे । यो गुट र त्यो गुट भनेर कोही कतै नलाग्नुहोस नेपाली कांग्रेस भनेर लाग्नुहोस त्यसैमा सबैको हित र जित हुन्छ उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, दिपक गिरि ,गुरुराज घिमिरे,अतहर कमाल,पुर्व सदस्य दिपकुमार उपाध्याय,आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह,राजेश सिंह , पुर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा, तरुण दल सभापति शक्ति सिंह ठकुरी, ने वि संघ पुर्व सभापति मोहम्मद ओजिह अरसद, विमला गैरे लगायतले मेलमिलापको बारेमा बोलेका थिए ।

पार्टिका जिल्ला सभापति सुरेन्द्रराज आर्चायको अध्यक्षता र सचिव प्रेम बहादुर रायमाझिको संचालन तथा जिल्ला समन्यव समित उप प्रमुख तारावती थारुको संचालनमा कार्यक्रम सम्मन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ