arrow

प्रचण्ड–बामदेव भेट, संसद विघटनको विपक्षमै बामदेव

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
bamdev-news-a.jpg

काठमाडौं। पार्टी विभाजनमा कतै पनि नखुलेका नेकपा नेता बामदेव गौतम पुष्पकमल दाहल प्रचण्डलाई भेटेर फर्किएका छन ।

नेकपा विभाजनमा अहिलेसम्म तठस्थ रहँदै आएका नेता गौतम शुक्रबार बिहान १० बजे प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

स्रोतका अनुसार अर्का नेता रामबहादुर थापा केपी ओली तर्फ खुलेपछि गौतम भने प्रचण्डतर्फ नजिक भएका छन् । आजको यो भेटपछि गौतमले आफ्नो कित्ता प्रष्ट गर्ने उनी निकट एक नेताले जानकारी दिए ।

शुक्रबार बाट नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन समेत सुरु हुने भएकाले प्रचण्डसँगको भेटपछि उनी नयाँ रणनीति सहित अघि बढ्ने तयारीमा छन् । गौतम केही समय अघी मात्रै प्रचण्डकै जोडबलबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।

संसद विघटनको घटनापछि समेत पार्टी एकतामा नै जोड दिंदै आएका उनी प्रधानमन्त्री ओलीले गरेको संसद विघटन भने असंवैधानिक रहेको बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ