arrow

नेपालगन्जमा भयानक बस दुर्घटना : अटो खरिद गर्दै गरेका एक व्यक्तिको मृत्यु, ६ जना घाइते (भिडियोसहित)

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
bus-auto-accident.JPG

नेपालगन्ज । नेपालगन्जमा भयानक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् ।

नेपालगन्ज बसपार्कबाट तिब्र गतिमा आउँदै गरेको ना ५ ख ५७७३ नम्बरको बसले भे १ त ५१३४ नम्बरको टयाक्टरलाई शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटमा ठक्कर दिदै कारकादोस्थित एसके पेट्रोल पम्पकै छेउमा रहेको अटोरिक्सा शोरुममा ठोक्दा दुर्घटना भएको हो।

 बसको ठक्करबाट अटोरिक्सा शोरुममा अटो खरिद गर्न आएका ब्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 मृतकको पहिचान नखुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।घाइते ६ जना मध्ये अटोरिक्सा शोरुमका ३ जना र टयाक्टरमा सवार ३ जना रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घाइते सबै जनाको अहिले नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। दुर्घटना पश्चात् बस चालक फरार भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ