arrow

प्रचण्ड-माधव समूह दोस्रो चरणको संघर्षतर्फ

केन्द्र हुँदै स्थानीय तहसम्म आन्दोलन छेडिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
dahal-nepal.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि विभाजन बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूह संसद विघटनको बिरुद्ध दोस्रो चरणको आन्दोलनको तयारीमा जुटेको छ । पहिलो चरणमा काठमाडौंसहित देशभर नेताकार्यकर्तालाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेको सो समूहले दोस्रो चरणको कार्यक्रमलाई जिल्ला हुँदै स्थानीय तहसम्म लैजाने तयारी गरिरहेको छ ।

प्रचण्ड-माधव समूहकी नेकपा नेतृ पम्फा भुषालले शनिबार बस्ने केन्द्रीय संघर्ष समितिको बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रमको घोषणा गर्ने जानकारी दिइन । ‘भोलि बैठक छ, केन्द्रीय संघर्ष समितिको भोलिको बैठकले थप रणनीति सहित दोस्रो चरणको संघर्षका कार्यक्रमहरु ल्याउँछ,’ नेतृ भुषालले हाम्राकुरासँग भनिन ।

गत मंगलबार भएको पहिलो चरणको आन्दोलनको कार्यक्रम उत्साहजनक भएको निष्कर्ष सहित सो समूह संसद विघटनको विरुद्धमा देशव्यापी रुपमा संघर्षमा जाने निष्कर्षमा पुगेको हो। गत बिहिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताहरुको बैठकमार्फत सो समूहले अबको आन्दोलनलाई अन्य दलहरुसँग समेत सहकार्य गरी अघि बढाउने विषयमा छलफल गरेको थियो ।

‘आन्दोलनका कार्यक्रमबारे अन्य दलहरुसँग समेत उच्च तहमा छलफल भइरहेका छन्, साझा एजेण्डा भएकाले संयुक्त रुपमा आन्दोलनमा जाने कि भन्ने छलफल उच्च तहमा जारी छ,’ नेकपाका एक नेताले भने।

ति नेताका अनुसार सर्वोच्च अदालतले संसद विघटनका विषयमा निर्णय गर्नु अघि नै सरकारलाई निर्णय फिर्ता लिन दबाब दिने उद्देश्यसहित केन्द्रहुँदै स्थानीय तहसम्म नै आन्दोलनलाई लैजान लागिएको हो । संसद विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा १४ वटा रिट परेका छन ।

केन्द्रमा नेताहरु दुई खेमामा विभाजित भएसँगै प्रदेश हुँदै स्थानीय तहसम्म पनि पार्टी विभाजनको असर देखिदैं गइरहेको छ ।

केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई अर्को माधव-प्रचण्ड समूहले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै केन्द्रको विवाद प्रदेशमा सरेको थियो ।

यो विवाद अहिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समेत अप्ठ्यारोमा पारेको छ भने प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलको दलको नेताको पद धरापमा परेको छ । बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ मा केपी ओली पक्षिय समूहमा रहेका नेता नै संसदीय दलका नेता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ