arrow

कोरोनाका कारण बाँकेमा थप एक जना पुरुषको मृत्यु 

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
corona_vairous.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ७ का ८८ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ३० गते उनको भेरीमा स्वाव संकलन गरिएको थियो । त्यसैदिन उनलाई भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।

रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दागर्दै विरामीको विहान ३ः२० बजे मृत्यु भएको वलीले बताए । यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ