arrow

कांग्रेस केन्द्रीय समिति बैठक

आन्दोलन कि निर्वाचन भन्ने विषयले ओझेलमा महाधिवेशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १९ आइतबार
congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार आइतबार पुनः बस्दैछ । केही दिनको विश्रामपछि बैठक पुनः बस्न लागेको हो । गत पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन र पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिन राष्ट्रव्यापी कार्यक्रम गरेको कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै कांग्रेस त्ससको विरोधमा उत्रिएको छ । प्रधानमन्त्रीको असंवैधनिक कदमविरुद्ध कांग्रेसले सशस्त्र प्रतिकार गरेको हो ।  

यस सम्बन्धी थप रणनीति बनाउन कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बोलाइएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बहसमा नल्याउने सभापति शेरबहादुर देउवाको नीति देखिएको छ । 

उनले सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मुद्दाबारे बोल्न नमिल्ने र आन्दोलन गरेर अदालतलाई धम्क्याउन नमिल्ने बताउँदै आएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने असंवैधानिक कदम भन्नासाथ त्यसको चर्को विरोध गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । 

युवा नेता गगन थापा त आफैँले लेखेको संविधानमा कुन सही र कुन गलत कुरा छ भन्ने स्पष्ट रहेको भन्दै  जब संविधानले नै निर्वाचित प्रधानमन्त्रीले संसद गर्न नपाउने भनेपछि सर्वोच्चलाई दवाव दिनका लागि पनि सडकमा जानुपर्ने बताउँछन् । 

देउवाले पर्ख र हेरको अवस्थामा रहनु पर्ने तर्क राख्दै आएका छन् । तर अदालतले यो मुद्दाको पेशी हेर्न नभ्याइनेमा राख्दै सार्दै गइरहेको अवस्थामा दवावमा राख्नका लागि पनि कुनै सनि हालतमा सडकमा जानुको विकल्प नभएको युवा नेताहरुको जोड छ । 

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस रणनीति बनाउन भन्दै बैठकमा बस्दै आएको छ । 

कांग्रेस नेतृत्वले अदालतलाई प्रभावित गर्ने भाषण नगर्ने भने पनि प्रधानमन्त्री ओली भने दैनिक भाषण गर्दै संसद कुनै पनि हालतमा पुन?स्थापना नहुने बताउँदै आइरहेका छन् । 

यस अवस्थामा अब कता लाग्ने भन्ने रोज्ने पालो कांग्रेसको छ । कांग्रेसले आफ्नो गरिमा जोगाउने गरी नै निर्णय गर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । 

ओझेलमा १४ औं महाधिवेशन 
कांग्रेसको गत वर्षको फागुनमा हुनुपर्ने १४ औं महाधिवेशन ओझेलमा पर्दै गएको छ । ओलीले संसद विघटन गरेपछि त कांग्रेसका नेताहरु महाधिवेशनको चर्चासमेत गर्न चाहिरहेका छैनन् । 

चुनाव हुने भयो भने कांग्रेस चुनावमा होमिनु पर्नेछ । तर फागुनमा महाविधेशन सम्भव नभएपछि चुनाव बैशाखमा भए पनि जेठमा महाधिवेशन गर्न सकिन्छ । यतातिर कांग्रेसको नेतृत्व लागेको देखिँदैन । 

अहिलेसम्म महाधिवेशनका लागि क्रियाशील सदस्यता संकलनको कामसमेत पूरा हुन सकेको छैन । ७७ मध्ये एक जिल्ला अर्घाखाँचीले मात्र क्रियाशील सदस्यले लिष्टसहितको फाइल पार्टी मुख्यालय विपीनगरमा बुझाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ