arrow
ADVERTISEMENT

संसट विघटन बिरुद्ध कांग्रेस

संघर्षका कार्यक्रम ल्याउँदै कांग्रेस, महाधिवेशन बारे पनि छलफल हुने

केन्द्रीय समिति बैठकमा सहभागी हुन नेताहरु सानेपामा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १९ आइतबार
nc-party-office.png

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनका बिरुद्ध स्थानीय तहबाटै आन्दोलनमा जाने तयारी गरेको छ ।संसद विघटन बिरुद्ध गत १३ पुसमा १ वटै ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा शशक्त प्रदर्शन गरेको कांग्रेसले आइतबार बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने बारे छलफल गर्न लागेको हो ।

संसद विघटनको घटनापछि कांग्रेस सभापति शेरबहादुर देउवाले सो विषयमा पदाधिकारीसहितका नेताहरुसँग औपचारिक तथा अनौपचारिक संवाद गरिरहेका छन ।

देउवाले सो विषयमा पार्टीको केन्द्रीय समिति बैठक बोलाएरै केन्द्रीय सदस्यहरुको राय समेत लिंदै आइरहेका छन ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधि सभा विघटन बिरुद्ध संघर्षका कार्यक्रमको तयारी भएको जानकारी दिए ।

प्रतिनिधि सभा विघटन बिरुद्ध आन्दोलन भन्दा पनि संघर्षका कार्यक्रममा जाने बारे छलफल भइरहेको हो, त्यसबारे आजको बैठकमा छलफल हुन्छ र केही खाका आउँछ,’ कांग्रेस मुख्यसचिव पौडेलले हाम्राकुरासँग भने ।

कांग्रेसले संसद विघटनको घटनालाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आइरहेको छ भने सरकारको सो कदमकाबारे सर्वोच्च अदालतमा रिट परेकाले अदालतको निणर्यलाई समेत मान्ने बताउँदै आइरहेको छ ।

कांग्रेस स्रोतले दिएको जानकारी अनुसार केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पार्टीको सबै भन्दा तल्लो तह वडा तह, स्थानीय तह, जिल्ला र प्रदेशहुँदै केन्द्रसम्म संघर्षको कार्यक्रम ल्याउने छ ।

बैठकमा पार्टीको १४औं महाधिवेशनको नयाँ मिति र क्रियाशिल सदस्यता विवाद, असन्तुष्ट पक्षले बुझाएका १६ बुँदे लिखित मागसहितमा समेत छलफल हुनेछ ।

७ पुसबाट सुरु भएको बैठक यसअघी चार दिन बसेर स्थगित भएको थियो । अघिल्लो बैठकले संसद सिवघटनको बिरुद्ध १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने निणर्य गरेको थियो भने १६ पुसको मेलमिलाप दिवसको कार्यक्रलाई समेत विविध कार्यक्रम गर्दै मनाउँने निणर्य गरेको थियो ।

बैठकमा १२ जना केन्द्रीय सदस्यले समसामयीक राजनीतिक घटनाक्रम सहित कांग्रेसको अबको बाटोका बारे आफ्नो धारणा राखिसकेका छन । बाँकी कन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ । आइताबार (आज)को बैठकमा सहभागी हुन नेताहरु पार्टी केन्द्रीय कार्यालय जाँदै छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ