arrow

कांग्रेस नेता डा.शेखर कोइरालाका दाजु निरन्जनको निधन

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
Niranjan_koirala.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाई निरन्जन कोइरालाको आइतबार विहान निधन भएको छ ।

कोइरालाको ७५ वर्षको उमेरमा भारतमा उपचारका क्रममा निधन भएको शेखरका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि लामो समयदेखि दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइरहेका उनको फोक्सो र मृगौलामा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको आइतबार साँझ ४ बजे भारतको दिल्लाीमा रहेको निगमबोध घाटमा अन्त्येष्टी गरिनेछ । निरञ्जन केशव र नोना कोइरालाका जेठा छोरा हुन् । निरञ्जनका दुई छोरा भाष्कर र हिमांशु छन् । श्रीमतीको यसअघि नै विमान दुर्घटनामा निधन भएको थियो । 

निरकुंश पञ्चायती व्यवस्थामा राजनीतिमा सक्रिय निरञ्जन पछिल्लो समय आफ्नै व्यवसाय गर्दै आएका थिए । उनी पर्यटन व्यवसायीको रुपमा समेत परिचित थिए । 

कोइरालाको निधनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले समवेदना प्रकट गरेका छन् । उनले निरञ्जनको निधनप्रति मर्माहित र  सिंगो पार्टीलाई अपुरणिय क्षति पुगेको जनाए । डा.शेखर भनेर केही दिनदेखि दिल्लीमै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ