arrow

डा.भट्टराईलाई कमल थापाको सांकेतिक झटारो: आगो लागेर खरानी भएको घर छाडिदिनुहोस्

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष, पूर्व प्रधानमन्त्री एवं आर्किटेक्ट इञ्जिनियर डा. बाबुराम भट्टराईले आइतबार बिहानै सामाजिक संजालमा पोखेको पीडाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सांकेतिक प्रतिक्रिया दिएका छन् ।

डा.भट्टराईले राजनीतिमा यतिठूलो पदमा पुगेर पनि संघीय लोकतान्त्रिक गणतन्त्रको घरलाई व्यवस्थित गर्न नसकेका कारण पीडा पोखेका थिए ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले ’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र–कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए १ केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन् । छिमेकी रमिते ! लौन आगो निभाऊॅ !

तर अध्यक्ष थापाले सांकेतिक र ब्यङ्यात्मक रुपमा डा.भट्टराईलाई जवाफ दिने क्रममा संघीयताप्रति संकेत गर्दै ‘आगो लागेको घर’ वा ‘खरानी हुनलागेको घर’लाई छाडिदिन सुझाव दिएका छन् । थापाले संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थालाई आगो लागेको र खरानी भएको भनेर संकेत गर्न खोजेका हुन ।

उनले लेखेका छन् –‘एक मित्रको अनुभूति: आगो लागेको घरबाट निस्कनोस्,त्यो खरानी हुनलागेको घरको मायागर्न छोडि दिनुहोस्।अब सबै मिलेर सबै अटने नयॅा घर बनाऔॅ।कोही घर भित्र,कोही बाहिर हॅुदा आगलागिको डर जहिलेपनि हुन्छ।घरभित्र झगडा हुंदा हाम्रा छिमेकीले आगो निभाउने होईन, बरू मट्टितेल छर्कने हुन कि भन्ने खतरा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ