arrow

संसद विघटन बिरुद्ध कांग्रेस आन्दोलनमा होमियो

देशभरका वडा र प्रदेश निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम तय

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
congress-nepalgung.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र, गाउँपालिका र देशभरका स्थानीय तहका वडामा विरोध कार्यक्रम गर्ने भएको छ ।

कांग्रेसले जारी केन्द्रिय समिति बैठकमार्फत संसद विघटन बिरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम स्थानीय तहसम्म नै लैजाने निणर्य गरेको हो । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले बैठकले २५ पुसमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा, ३ माघमा ७ सय ५३ गाउँपालिकामा र ८ माघमा ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन आयोजना गर्ने निणर्य गरेको बताए ।

आइतबारको बैठमा सभापति शेरबहादुर देउवाले सरकार बिरुद्ध आन्दोलनमा जाने बताएका थिए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले समेत आन्दोलनमा नै जोड दिएका थिए ।

केन्द्रिय समिति बैठक अझै जारी छ । बैठकले नयाँ र पुराना क्रियाशिल सदस्यता बुझाउने मिति थप गर्दै छ । यसअघी मंसिर मसान्तलाई म्याद तोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ