arrow

कोइरालाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
Niranjan_koirala.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
 
सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन कोइराला पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाका दाजु हुन् ।
 
निरङ्कुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत थिए । तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीका विज्ञ सल्लाहकारका रुपमा रहेर उनले कार्यसमेत गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ