arrow

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय अब गोठगाँउमा, मेयरले साटे खुशी

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
purbanchal.jpg

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको २७ औं वार्षिकोत्सव आइतबार मोरङको गोठगाँउ स्थित सम्पन्न भएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आइतबार प्रदेश नं. १ का आन्तरिक मामिला, कानुन तथा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज साइन्स शिक्षण अस्पताल बनाउने कुरामा प्रदेश सरकारको तर्फबाट गाँठो फुकाउन बजेटको अभावलाई लिएर केन्द्र सरकारसम्म जाने बताए । ‘विश्वविद्यालय हाम्रो हो, हामी बनाउँछौँ’ भन्ने उद्देश्यले सबै लाग्नुपर्ने मन्त्री कार्कीले बताए ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउने कुरा उठाउँदा केही व्यक्तिले खिल्ली उडाउने गरेको तर अन्तिममा यहाँ ल्याउन सफल भएको बताए ।

शैक्षिक प्राङ्गिक र अनुसन्धानको विषय भएकाले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोमात्र नभई विश्वासिलो र विद्यार्थीको सुनौलो भविष्यका लागि लागिपर्नेमा आफू विश्वस्त भएको उनले बताए ।

मेडिकल कलेज स्थापनाका लागि विश्वविद्यालय लाग्नुपर्ने बताउँदै सुविधासम्पन्न पार्किङ स्थल तथा पूर्वपश्चिम राजमार्गदेखि विश्वविद्यालयसम्मको सडक नगरपालिकाले पिच गर्ने बताए ।

नगरले विश्वविद्यालयलाई एम्बुलेन्स किनेर हस्तान्तरण गर्ने निर्णय भएको समेत मेयर ढकालले बताए । शिक्षण अस्पताल चलाउन यहाँका जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि यो निर्णय गरिएको उनको भनाइ थियो । कार्यक्रमको सभापतित्व उपकुलपति, प्रा.डा. यादवराज कोइरालाले गरेका थिए ।

उक्त अवसरमा विभिन्न पदकबाट प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको छ । दीर्घ सेवा पदक २० वर्ष सेवा गरेका ६ जना कर्मचारीलाई दिइएको थियो । यसैगरी उत्कृष्ट सेवा पदकबाट १९ जनालाई सम्मान समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ