arrow

प्रदेश २ सरकार काम भन्दापनि बढी बजेट फ्रिज मात्र गरिरहेको छः मन्त्री साह

जनकपुर प्रदेश राजधानी बन्ने निश्चित

logo
निरंजन कुमार साह
प्रकाशित २०७७ पुष १९ आइतबार
prabhu_shah.jpg

जनकपुर । शहरी विकासमन्त्री प्रभु साहले प्रदेश २ सरकारले कामभन्दा गर्नुभन्दा पनि बजेट नै बढि फ्रिज गरिरहेकोप्रति चिन्ता ब्यक्त गरेका छन् ।

आइतबार जनकपुरधाममा संघीय सरकार अन्तर्गतका आयोजनाहरुको कार्यान्वयनमा देखिएको समस्या समाधानका बिषयमा सम्बन्धित सरोकारवालाहरुसँगको वृहत छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले देशका पूराना शहरहरुलाई समेत व्यवस्थित बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री साहले प्रदेश २ सरकारको सबै मन्त्रालयहरुले अधिकांश ठाउँहरुमा मन्दिर निर्माण, कम्पाउन्ड वाल निर्माण, पोखरी सौन्दर्र्यीकरण, सामूदायिक घर निर्माणलगायतका कामहरु मात्र गरिरहेकोप्रति दुःख समेत व्यक्त गरे ।

मन्त्री साहले भने, केन्द्रले गर्नुपर्ने काममा प्रदेश सरकारले र प्रदेश सरकारले गर्नुपर्ने काममा केन्द्र सरकारले हस्तक्षेप गर्नु हुँदैन् । स्थानीय तहहरुले समेत आ-आफ्नो ठाउँलाई मोडेलको रुपमा विकास गर्न सक्नुपर्दछ ।’ मन्त्री शाहले  तीनवटै तहको सरकारले आ-आफ्नो कार्यक्षेत्रको हिसाबले काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री साहले जनकपुरधाम अब प्रदेशको राजधानी बन्ने निश्चित रहेकोले यहाँस्थित बसपार्क अब साँघुरो हुने बताउँदै बसपार्कको जग्गा सम्बन्धि विवादलाई सरोकारवालाले समाधान गरे शहरी विकास मन्त्रालयले यथाशीघ्र बसपार्कलाई निर्माणमा अग्रसरता देखाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंह, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ का सचिव रामआधार साह, महोत्तरीको मनरा सिस्वा नगरपालिकाका मेयर संजय कुमार सिंह, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरशल साहलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेको थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ