arrow

संयम गुमाउँदै नेतृत्व

केपी ओलीले आफू प्रधानमन्त्री भएको बिर्सिएपछि

अराजनीतिक, अमर्यादित र अशिष्ट गाली गलौचदेखि फेक न्यूजकोसम्मको सहारा

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
kp-oli1.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मुलुकको कार्यकारी प्रमुख हुँ भन्ने कुरा नै विर्सन थालेका छन् । राजनीतिक रुपमा विभाजित भएका दाहाल नेपाल समूह र आफ्नै पूर्व सहकर्मीहरु बारेमा चार दिन यता निरन्तर दिएका सार्वजनिक अभिव्यक्तिहरुमा ओलीले आफू मुलुककै कार्यकारी प्रमुख भएको विर्सन थालेको अनुभव हुन थालेको छ । विहिबारदेखि आइतबारसम्मको अभिव्यक्तिलाई हेर्ने हो भने ओलीले फेक न्यूजको सहारा लिनेदेखि अराजनीतिक अमर्यादित र अशिष्ट प्रकारका गाली गलौचको सहारा लिने गरेका छन् । 

आइतबार मात्रै प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहका नेताहरुप्रति लक्षित गर्दै शहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो भन्दै अशिष्ट र अमर्यादित अभिव्यक्ति दिएका थिए । ‘तपाईंहरु नहुँदा, तपाईंहरु शहिद भएको भए, शहिद भएर गएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो, तर सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन’, भन्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समेत विरोध भएका छन् । 

त्यस्तै उनले केही दिनअघि भीम रावलले केपी ओलीको शरीरमा स्त्री अंग मिसिएकाले दिमाग काम नगरेको भन्ने अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा एउटा फेक न्यूज फैलिएको थियो । तर त्यसबारे केही अनलाइन र मिडिया रिसर्चरहरुले फेक न्यूज भएको बताएका थिए । समाचार लेख्ने अनलाइनले पनि माफि मागेको थियो । भीम रावलले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्टिकरण दिएका थिए । तर प्रधानमन्त्री ओलीले रावलको नाम नलिइ आइतबार विद्यार्थीहरुको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलप्रति व्यंग्य गरेका थिए । ‘ महिलाको किड्नी लगाउँदा दिमाग बिग्रियो भनेपछि महिलाबाट जन्मिएको त्यो मान्छे पहिलेदेखि नै के होला ? म त्यतापट्टि जान चाहन्नँ । महिलामाथिको कत्रो अपमान हो  महिलाको किड्नीमात्रै लगायो भने पनि मान्छे पागल हुन्छ । त्यो दिन बेलुका श्रीमतीले तिनलाई कसरी खान दिइन् होला अचम्म लाग्छ मलाई । घरमा पुग्दा ढोका खोलेर स्वागत कसरी गरिन् होला, अचम्म लाग्छ । वरिपरि छिमेकका झ्यालबाट हेर्ने दिदिबहिनी महिलाहरुको अगाडि अनुहार कसरी देखाए होलान् । अचम्म लाग्छ ,’ प्रधानमन्त्री ओलीले भने । 

पुस १२ गते रावलले धनगढीको एउटा कार्यक्रममा भाषण गर्दाको सन्दर्भलाई लिएर सुदुर पश्चिमतिरको एउटा सञ्चार माध्यमलले समाचार प्रकाशित गरे पनि उनले त्यहाँ गरेको भाषणमा त्यसो नभनिएको उल्लेख थियो । सो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा टिका टिप्पणी भएपछि समाचार प्रकासित गर्ने सञ्चारमाध्यमले पनि माफी मागेको थियो । तर प्रधानमन्त्रीले सो विषयतिर ध्याननै नदिई झूठो समाचारको साहरा लिएका छन् । प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिपछि मुलुकको कार्यकारी प्रमुखले नै झूठो समाचारको सहारा लिनुपर्ने के बाध्यता आइलागेको हो भन्ने प्रश्न उठेको छ । 

यसबाहेक पनि उनी पूर्व सहकर्मीहरुमाथि निकै अशिष्ट अमर्यादित ढंगले प्रस्तुत हुन थालेको देखिएको छ । दुई दिनबीचकै अभिव्यक्तिलाई हेर्ने हो भने प्रधानमन्त्री ओलीले दाहाल नेपाललाई भेट्नु कुहिएको दुई वटा फल, खिया लागेको नट बोल्टु, चोर विरोलो जस्ता शब्दले उछितो काढ्दै आएका थिए । खासगरी दाहाल नेपाल समूहले ओलीलाई व्यवस्था विरोधी, संघीयता र गणतन्त्र विरोधी तथा संविधानको हत्या गर्न खोजेको जस्ता संगीन आरोप लगाएपछि उनी विच्किएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ