arrow

हुम्लामा ओली पक्षलाई धक्का, २८ नेता कार्यकर्ताले एकसाथ रोजे प्रचण्ड-माधव क्याम्प

logo
प्रकाशित २०७७ पुष २० सोमबार
humla1.jpg

काठमाडौं । हुम्लामा केपी शर्मा ओली नेतृत्वको नेकपालाई ठूलो धक्का लागेको छ । हुम्लाका २८ जना नेता कार्यकर्ताले ओलीको साथ छाडेपछि समस्या उत्पन्न भएको हो ।

ति २८ जना नेता तथा कार्यकर्ताहरुले संयुक्त विज्ञप्ति नै जारी गरेर पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षमा उभिएका छन् ।

उनीहरुले नेपाली कम्युनिष्ट आन्दोलनको अभूतपूर्व ऐतिहासिक एकता प्रक्रिया दुर्भाग्यवश अबरुद्ध भई तमाम नेता, कार्यकर्ता र आमजनता निराश हुन पुगेको जनाउँदै ओली क्याम्प छाडेका हुन ।

संयुक्त विज्ञप्तिमा भनिएको छ ‘कर्णाली प्रदेश र हुम्ला जिल्लाको विकास र समृद्धिको एक महान् उद्देश्य पूरा गर्न पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा हो । यस कुरालाई मध्यनजर गरी फरक धारमा रहन जानुभएका कमरेडहरुलाई समेत पार्टीको मूलधारमा नै संलग्न हुन हार्दिक अपिल गर्दछौं ।’

ओलीको कदमप्रति असन्तुष्ट जनाउँदै नेकपा केन्द्रीय सदस्य तथा हुम्ला इञ्चार्ज विजय भण्डारी,  जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री तथा हुम्ला सचिव दल रावल, प्रदेश कमिटी सदस्य छक्कबहादुर लामालगायतले प्रचण्ड-माधव क्याम्प रोजेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ