arrow

पत्नी सीताको उपचारका लागि प्रचण्ड मुम्बईतर्फ प्रस्थान

logo
प्रकाशित २०७७ पुष २० सोमबार
sita-prachanda.JPG

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई तर्फ गएका छन ।

भैंसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचाररत पत्नी सीतालाई सोमबार थप उपचारका लागि भारत लगिएको हो । उनी केही वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित छन ।

सो रोगबाट स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचारका लागि लगिएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि समेत उनलाई अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा उपचारका लागि लगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ