arrow

नेकपा विवाद

प्रचण्ड -नेपाल खेमाको नेकपाले पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई गर्‍यो कार्वाही

प्रदेश इन्चार्जबाट हटायो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २० सोमबार
nepal-dahal-central-committee.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई हटाएको छ ।

नेकपा दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो । श्रीमती सिता दाहालको उपचारका लागि अध्यक्ष पुष्पकमल दाहाल भारत गएपछि अर्का अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको वैठकले गुरुङ र पोखरेललाई जिम्मेवारीबाट मुक्त गरेको हो । 

दलको आधिकारीकताको बिषय निर्वाचन आयोगमा र प्रतिनिधिसभा विघटनको बिषय सर्वोच्च अदालतमा विचारीधिन रहेकै बेला दुई गुटमा एकले अर्को गुटलाई कार्वाही गर्ने प्रक्रिया भने चलिरहेको छ । दुई गुटकै नेताहरुले एक अर्कालाई सार्वजनिक मंचहरुमा कटु आलोचना गरिरहेका बेला यो कार्वाही भएको हो। 

यतिखेर केपी ओली नेतृत्वको नेकपा र प्रचण्ड नेपाल नेतृत्वको नेकपा एक अर्काको गुटलाई कमजोर बनाउन लागिपरेका छन्।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ