arrow

दाहाल नेपाल समूहमै समस्या

माधव नेपाललाई केन्द्रीय सदस्यहरुको प्रश्न, 'प्रचण्डसँगको एकता कहिलेसम्म?'

दाहाल -नेपाल समूहमा पूर्व माओवादीहरु उत्साहित, पूर्व एमालेहरु अप्ठ्यारोमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २० सोमबार
nepal-dahal.jpg

काठमाडौं। सत्तारुढ दल विभाजित भएपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समूहलाई एक आपसमा घुलमिल हुन कठिनाई भएको छ । पूर्व एमालेको नेपाल समूहसहितको टिम अहिले पूर्व माओवादीसँग घुलमिल हुन सकिरहेको छैन । तर पूर्व माओवादीहरु भने केही अपवाद बाहेक एक ढिक्का रहेकाले उनीहरु खुशी नै देखिन्छन् । यस्तो अवस्थामा पूर्व एमालेका केन्द्रीय सदस्यहरुले एक हप्ताअघि माधवकुमार नेपाललाई भेटेर प्रचण्डसँगको सहयात्रा कहिलेसम्म हो भन्दै प्रश्न गरेका थिए ।

केन्द्रीय सदस्यहरुले राखेको सो जिज्ञासामा नेपालले कुनै जवाफ दिएका थिएनन् । उनले पार्टी एकताको विषयमा पूर्व एमालेका नेताहरुलाई कहाँ अन्याय परेको छ कसले जिम्मेवारी पाएका छैनन त्यस विषयमा सबै विवरण ल्याउन आग्रह गरेका थिए । 
‘हामीले माधव नेपाललाई सोध्यौ प्रचण्डसँग कहिलेसम्म सँगै जान सकिन्छ यात्रा केही समय होकि दीर्घकालीन हो ? तर उहाँले त्यसविषयमा केही बताउनु भएन’, नेपाल निकट एक केन्द्रीय सदस्यले भने । ती केन्द्रीय सदस्यका अनुसार नेपाललाई जिज्ञासा राखेपछि उनी अलि भावुक भएर मौन बसेका थिए ।

अहिले देशभरका नेपाल पक्षीय नेताहरु अन्यौलमा रहेका छन् । प्रधानमन्त्री केपी ओलीको व्यवहारलाई मन नपराउने तर प्रचण्डसँग पनि सँगै नरहने नेताहरु विगतमा माधव नेपाललाई साथ दिदै आएका थिए । तर पार्टी विभाजन भएपछि भने उनीहरु मौन बसेका छन् । केही केही नेताहरुलाई माधव नेपाल आफैले फोन गरेर मनाउने कोसिस गर्दा पनि उनीहरु खुल्न सकेका छैनन । तत्कालिन धौलागिरी, सेती, राप्ती अञ्चलबाट प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्यहरुले प्रचण्डसँगको सहयात्राबारे जिज्ञासा राखेका हुन् । स्रोतका अनुसार उनीहरुले नेता नेपालसँग धेरै पटक छलफल गरेपछि मात्रै पार्टी संगठन गर्न लागि परेका छन् । ‘माधव कमरेड केही कुराहरु भन्नु भएको छ तर उहाँले सहयात्राबारे भने केही बताउनु भएन । हामीले उहाँलाई नेता मानेर आएका हौ तर जनयुद्धका गलत विषयवस्तुको पनि भागीदार बन्न सकिन्न सच्चिएर जानुपर्छ भनेका छौ’, ती नेताले भने । 

नेपाल समूहका नेताहरु अहिले पूर्व एमालेका नेताहरुसँग वृहद छलफलमा लागेका छन् । नेपाल समूहबाट नेकपामा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले छलफल अघि बढाएका छन् । उनीहरुले केन्द्रीय सदस्य हुन योग्यता पुगेका, प्रदेश कमिटीमा जान योग्य रहेका र विगतमा छुटेका तथा जिल्ला र जनवर्गीय संगठनमा मनोनयन गर्न योग्य नेताहरुको सूची तयार पारिरहेका छन् । ‘अहिले माओवादी फूटेको अवस्था होइन तर पूर्व एमाले भने पूरै विभाजित भएको छ यसो हेर्दा पार्टी विभाजन भएको जस्तो देखिएपनि पूर्व एमालेहरुको लडाइले पूर्व एमालेमात्रै विभाजित भएको हो जसले पूर्व माओवादीलाई उत्साही बनाएकाले पूर्व एमाले माइनसमा पर्ने हो कि भन्ने आशंका छ’, ती केन्द्रीय सदस्यले भने । स्थायी कमिटी सदस्य केन्द्रीय सदस्यको संख्यामा पनि माओवादीकै बचश्व भएकाले पूर्व एमालेलाई असजिलो भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ