- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बहुसंख्यक नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेपछि अहिले पूर्व एमालेलाई एक ठाउँमा ल्याउने अभियान शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा प्रत्येक प्रदेशमा पूर्व एमाले जोगाउ अभियान चलाइएको छ । प्रधानमन्त्री ओली पक्षका नेताहरुले पूर्व एमालेहरुलाई एक ठाउँमा ल्याउन उदेश्यले सो अभियान चलाउन थालिएको हो ।
जनताको बहुदलीय जनवाद र सूर्य चिन्ह समेत आफ्नै पक्षमा रहेको बताउदै उनीहरुले स्वतन्त्र हुन खोजेका पूर्व एमालेहरुलाई आफ्नो पक्षमा खुलाउन लागेका हुन् । उनले काठमाडौमा रहेका सम्पर्क कमिटीहरुलाई चलायनमान बनाउन प्रदेश १ का अध्यक्ष एवं प्रधानमन्त्रीको सचिवालयमा रहेका इन्द्र भण्डारीलाई जिम्मेवारी तोकेका छन् ।
स्रोतका अनुसार उनले तीन दिन अघि पुतलीसडकको एक रेष्टुरेण्टमा सातै प्रदेशका सम्पर्क कमिटीका खास खास व्यक्तिहरुको भेला गरेर प्रत्येक प्रदेशमा पूर्व एमालेहरुलाई एकै ठाउँमा राख्ने गरी योजना बनाएर प्रधानमन्त्री केपी ओली तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेललाई पेश गर्न पर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली समूहले देशव्यापी रुपमा कार्यकर्ता भेला प्रशिक्षण तथा कार्यक्रमहरु गरिहरेका बेला काठमाडौ र जिल्ला तहबाटै पूर्वएमालेका नेता कार्यकर्ताहरुलाई ओली समूहमा सक्रिय बनाउन लागिएको हो । ‘प्रभावशाली र धेरै नेता कार्यकर्ताहरुले ओली पक्षको साथ छाडेपछि अहिले विभिन्न प्रलोभन दिएर भएपनि आफू पक्षमा राख्ने कोसिस जारी रहेको छ’, स्रोतले भन्यो ।
स्रोतका अनुसार केही त प्रलोभनमा परेर भएपनि ओली पक्षलाई साथ दिने तर केही भने पार्टीबाटै पलायन हुने अवस्थामा रहेका छन् । ओली समूहले धेरैजसो जिल्ला स्तरका नेताहरुलाई केन्द्रीय सदस्यको प्रलोभन दिएको छ । साथै सरकार भएकाले केहीलाई सरकारी तहमा खाली रहेका स्थानमा समायोजन गर्नेगरी प्रलोभन दिएर आफू पक्षमा पार्ने कोसिस जारी राखेका छन् ।