- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । कोरोना भाइरस संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँके, दाङ र कञ्चनपुरका एक एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय पुरुषको गएराति साढे १२ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ का १३ बर्षीय बालकको आज विहान पौने ८ बजे र कञ्चनपुरको महेन्द्रनगर ५ का ६० बर्षीय पुरुषको आज विहान ७.२० बजे मृत्यु भएको वलीले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ । ती मध्ये ४८ जना बाँके र ७९ जना जिल्ला बाहिरका हुन् ।