arrow

विहीबारदेखि मौसम सफा रहने, विषाक्त वायु पनि कम हुँदै जाने

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
ppp.jpg

काठमाडौं । शनिबार नेपाल भित्रिएको पश्चिमी वायुका कारण तीनदिन देशभरको मौसम प्रतिकुल बनेको छ । मौसम प्रतिकुलभएकै कारण काठमाडौंलगायत देशभर वायु प्रदुषण समेत बढेको छ ।

आइतबार र सोमबार देशका विभिन्न स्थानमा वर्षा एवं देशभरी नै पूर्णदेखि आशिंक बदली भएको थियो । मंगलबार (आज) पनि देशभर अधिकांस स्थानमा बदली छ भने देशका केही स्थानमा छिट्फुट् वर्षाको सम्भावना समेत रहेको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार मंगलबार कर्णाली, लुम्बीनी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा न्यून वर्षाको सम्भावना रहेको छ ।

मंगलबारसम्म लगभग देशभर रहेको अधिकांस एवं सामान्य बदली बुधबारबाट भने कम हुने मौसमविद् नगरकोटीले बताइन् । उनका अनुसार बुधबारदेखि प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मौसम खुल्ने सम्भावना छ । यी चार प्रदेशबाट बुधबारबाट मौसम सफा हुने सम्भावना रहेको छ ।

प्रदेश १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने विहीबार मात्रै मौसम खुल्ने सम्भावना रहेको छ । उनका अनुसार बुधबार यी तीन प्रदेशमा आंसिक देखि सामान्य बदली एवं सुदुरपश्चिम, कर्णालीका उच्च पहाडी भुभागमा न्यून वर्षाको सम्भावना रहेको छ ।

नेपाल भित्रिएको पश्चिमी वायूको प्रभाव बिहीबार सकिने र मौसम पूर्णरुपले सफा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । सोमबार मौसम धुम्मिएको र हावाको गुणस्तर विश्वकै सबैभन्दा विषाक्त भएको पाइएपछि काठमाडौं उपत्यकाबासी चिन्तित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ