arrow

पार्टी एकतालाई कमजोर पार्नेलाई जनताले माफी दिँदैन : ईश्वर पोखरेल

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
iswar-pokhrel.jpg

जनकपुरधाम । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई कमजोर पार्नेलाई  जनताले कहिल्यै माफी नदिने बताएका छन् ।

नेकपा धनुषाद्वारा मंगलबार जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने धारणा राखे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “पार्टी एकता प्राणभन्दा पनि प्यारो छ, म अन्तिम क्षणसम्म पनि पार्टी एकताकै पक्षमा दृढ रहनेछु ।”उनले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन आकाङ्क्षा राख्नेलाई जनताले दृढताका साथ सामना गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकताको मर्मअनुरूप प्रतिनिधिसभा विघटन गर्नुभएको बताए । शहरी विकासमन्त्री प्रभु साहले  विद्यमान अवस्थाप्रति जिम्मेवार भई सत्यको बाटामा लाग्न आवश्यक छ भने ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्रीले देशलाई आधुनिक युगमा प्रवेश गराएको विचार राखे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले  पार्टीविरुद्ध भ्रमको खेती गर्नेप्रति सजग रहन आग्रह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ