- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध देशभर आन्दोलनका कार्यक्रम तय भएको हो ।
सह संयोजक रन्जित तामाङले हस्ताक्षर विज्ञप्तिमा पुस २१ गतेदेखि २९ गतेसम्मको कार्यक्रम सार्वजनिक भएको छ
्
कार्यक्रममा पहिलो दिन ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र सोही दिन प्रत्येक कलेजमा कालो ब्यानर प्रदर्शनसहित कोण सभा गर्ने भएको छ ।
२२ गते उपत्यकामा लाल्टिन जुलुश र उपत्यका बाहिर आवश्यकताअनुसार लाल्टिन, सिठी र लाठी जुलुश निकालिने छ । पुस २३ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र धर्ना दिने तथा २५ गते असंवैधानिक कदम विरुद्ध सडक बहस सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनको क्रममा २६ गते बयलगाडा प्रदर्शन गर्ने, २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत तथा गजल कार्यक्रम गर्नेछ । त्यस्तै २८ गते सडक नाटक, सडक कला (स्ट्रीट वाल पेण्टिङ्ग) र २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गरिने बताइएको छ । प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने संगठनले जनाएको छ ।
।