arrow

कोरोनाविरुद्धको खोप भारतबाटै ल्याउने तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
corona-vaccine1.jpg

काठमाडौं । नेपालले कोरोना भाइरस विरुद्धको खोप भारतबाटै ल्याउने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप भारतबाटै ल्याउने संकेत गरेका हुन् । उनले कुन खोप आफूहरुले सहज ढंगले जनतासँग पुर्याउन सकिन्छ त्यही खोप ल्याउने बताए । 

मन्त्री त्रिपाठीले रुससँग विचार सकारात्मक रुपले आदानप्रदान भए पनि भारतीय राजदूतसँग खोपकै विषयमा धेरै सकारात्मक कुरा भएको भन्दै भारतबाटै ल्याउने सम्भावना बढेको बताए । उनले अरु खोप उत्पादन गर्ने देशहरुसँग पनि कुराकानी भइरहेको बताएका छन् ।  

‘भारतीय राजदूतले जुन ढंगले कुरा राख्नुभयो यसलाई सकारात्मक नै भन्नुपर्छ’, नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा मन्त्री त्रिपाठीले भने । भारत सरकारले जसरी खोपहरुलाई मान्य दिएको छ र उत्पादनलाई नियन्त्रण गरेर सहयोग गर्न खोजिरहेको छ त्यसले भारतबाट नेपालमा खोप ल्याउन सहज हुनेछ । त्रिपाठीले निकटतम छिमेकी भएको हुनाले पनि आफूहरुले खोप पाउन सक्ने बताए । 

नेपालमा खोप आइसकेपछि फ्रन्टलाइनमा खट्ने र अति जोखिममा रहेकाहरुलाई पहिलो चरणमा, त्यसपछि जो ५५ वर्षदेखि माथिका छन् र दीर्घरोगी छन् उनीहरुलाई खोप दिइने बताए । जति सम्भावना छन् त्यसलाई अगाडि बढाइने मन्त्री त्रिपाठीले बताए ।  

भारतमा खोपले आपतकालिन प्रयोगका लागि स्वीकृति पाएसँगै नेपालले खोप ल्याउन कुटनीतिक पहल शुरु गरेको मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार विश्व स्वास्थ्य संगठनको कोभ्याक्सभन्दा पहिले भारतमा निर्मित खोप नेपालमा आउने सम्भावना बलियो देखिएको छ ।

भारतसमेत नेपाललाई खोप दिन राजी भएको बताइएको छ । नेपालले हाल  भारतसहित चीन, अमेरिका ,बेलायत र रुससहित आठ देशसँग खोप ल्याउन कुटनीतिक पहल गरेको छ ।

भारतमा विकास गरिएका खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने समेत बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ