arrow

कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न डब्लुएचओको टोलीलाई चीनले रोक्यो

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
WHO_final.png

काठमाडौं । चीनले कोरोना भाइरसको उद्गमस्थलमा अध्ययन गर्न गएको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को टोलीलाई प्रवेशमा रोक लगाएको छ ।

संयुक्त राष्ट्रसंघको टोलीका दुई वैज्ञानीकहरु अध्ययनका लागि चीन जान निस्किएका थिए ।

चीनका लागि हिडेका उनीहरुलाई चिनियाँ अधिकारीहरुले प्रवेश गर्न नदिएका हुन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले मंगलबार जेनेभामा संचारकर्मीहरुसँग बोल्दै यो निकै नै दुःखद कुरा भएको बताएका छन् ।

उनले चिनियाँ अधिकारीहरुसँग यसका लागि निरन्तर वार्ता भइरहेको बताएका छन् । चीनले कोरोना भाइरसको उत्पत्तीको अध्ययनकालागि रोक लगाउँदै आएको छ ।

पछिल्लो पटक चीनले विश्व स्वास्थ्य संगठनको टोलीलाई नै प्रवेशमा रोक लगाएको हो । चीनको वुहानस्थित एक ल्याबमा चमेरा र विभिन्न जंगली जनावरबाट नमूना संकलन गरेर विभिन्न प्रजातीका कोरोना भाइरसको अध्ययन हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ