arrow

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको पुष्टि गर्ने आधारहरु !

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
corona-pcr-lab.jpg

काठमाडौं । कोरोना भाइरस अनुसन्धान ‘हब’का रुपमा मानिने वुहान इन्स्च्युट आफ भाइरोलोजी (डब्लुआईभी)बाट कोरोना भाइरसल ‘लिक’ भएको आरोप लागि रहेको बेला विभिन्न नयाँ रहस्यहरु खुलेका छन् ।

विगत एकदशक भन्दा लामो समयदेखि युनानका घना जंगल र गुफाहरु वैज्ञानिक अनुसन्धानको केन्द्रको रुपमा रहेका छन् ।

यो क्षेत्रबाट चमेरालाई पासोमा हालेर ‘फेकल’ नमुनाहरु संकल गरी ती नमुना करिब १ हजार ६ सय किलोमिटर टाढा वुहानको ल्याबमा ल्याएर अध्ययन गरिन्छ ।

वुहानको इन्स्च्युट अफ भाइरोलोजीकी प्रमुख प्राध्यापक भाइरोलोजिस्ट शि झेंग्ली हुन् ।

प्रोफेसर झेंग्ली सन् २००३ मा आएको सार्स माहामारी युनानको गुफाका चमेराबाट मानिसमा सरेको भन्नेकुराका लागि प्रशंसामा रहेकी थिइन् ।

त्यसपछि ‘चाइनाज ब्इाटओमेन’ समेत भनिएकी प्राफेसर झेंग्लीले उपरान्त हुनसक्ने सार्स जस्तै माहामारी रोक्सम्बन्धी प्राजेक्टीमा काम गर्दै आएकी थिइन् ।

यो प्राजेक्ट सयौं नयाँ प्रजातिका कोरोना भाइरसको पहिचान भएको छ ।

यति मात्रै हैन्, वुहान विश्वकै प्रमुख कोरोना भाइरसको वासस्थानका रुपमा रहेको थियो ।

यसै शहरबाट सुरुमा कोरोना भाइरसको माहामारी बाहिरिएको थियो । यी दुईकुराको अन्तरसम्बन्ध यहाँनेर पनि देखिन्छ ।

यद्यपी चीन सरकार र प्रोफेस झेंग्लीले यो कुरालाई आक्रमकरुपमा अस्विकार गर्दै आएको छ ।

अर्क रोचक कुर के छ भने, प्रोफेसर झेंग्ली नै कोरोना भाइरस अर्थात कोभिड—१९ (सार्स कोभिड—१९)को ‘सिक्वैन्सिंग’ गर्ने पहिलो व्याक्ति हुन् ।

त्यसपछि प्राफेसर झेंग्लीले यो कोरोना भाइरसको जिनकोडलाई वुहानको ल्याबमा वर्षौदेखि संकलित भाइरसहरुसँग तुलना गरेकी थिइन् ।

यसक्रममा उनले सोही ल्याबमा रहेको आरएटीजी१३ भाइरस र कोभिड—१९ बीचका गुण ९६.२ प्रतिशत मिलेको फेला पारेकी थिइन् । आरएटीजी१३ भाइरस चीनमै पाइने एक किसिमको चमेरामा सन् २०१३ मा पहिचान गरिएको थियो ।

यो कुरा भनिराख्नु पर्दैनकी भाइरसहरु निरन्तररुपमा स्वरुप परिवर्तन गर्दै जान्छन् । सुरुमा वुहानमा फेला परेको कोरोना भाइरसले अहिले थुप्रै स्वरुप बदलिसकेको छ ।

सोही भाइरस बेलायतमा अहिले ७० प्रतिशत बढि आक्रामक समेत बनिसकेको छ ।

यसकारण ७ वर्षअघिदेखि चिनियाँ ल्याबमा अध्ययन र अनुसन्धान भइरहेको आरएटीजी१३ भाइरस यतिबेला वैज्ञानिक अध्ययनका लागि चासोको विषय बनेको छ ।

ल्याबहरुमा भाइरसलाई आनुवंशिक रुपमा परिवर्तन गरेर शक्तिशाली बनाउँने र कमजोर बनाउँने कामहरु भइराख्ने गर्छ । खासमा उक्त भाइरस विरुद्धको खोप बनाउँन यस्तो गरिने हुन्छ ।

ल्याबबाट भाइरस लिक भएका उदाहरण पनि छन् । सन् २००४ मा सार्स भाइरस बेइजिङ स्थित नेशनल इन्स्च्युट अफ भाइरोलोजिबाट दुईपटक लिक भएको थियो ।

९६ प्रतिशत गुण मिले पनि आरएटीजी१३ भाइरस कोभिड—१९ मा परिवर्तन हुँन भने धेरै टाढाको विषय छ ।

नेचरमा प्रकाशित एक रिपोर्टमा वुहानको ल्याबबाट कोरोना भाइरस लिक भएको हो भने, प्रोफेसर झेंग्लीले आरएटीजी१३ भन्दा पनि बढी गुण मिल्ने भाइरस फेला पार्नु पर्ने उल्लेख छ ।

‘कोरोना भाइरस मानव जातिका लागि घातक भएर स्वरुप फेर्नुअघि लामो समयसम्म कमजोर रुपमा मानिस या जनावरकै शरिरमा रहेको हुन सक्ने निश्कर्ष’ वैज्ञानिको छ ।

चीनका यी भाइरस भण्डारहरुबाट नै कमजोर कोरोना भाइरस मानिसमा सरेर स्वरुप परिवतर्न गर्दै शक्तिशाली भएपछि माहामारी निम्तिएको हुनसक्ने आशंका समेत गरिएको छ ।

केहीसमयअघि वुहानको सो ल्याबको कोरोना भाइरसहरुको सार्वजनिक डेटाबेसलाई बन्द गरिएको थियो । यस विषयमा समेत प्रोफेसर झेंग्लीलाई विभिन्न प्रश्नहरु गरिएका थिए ।

चीनले कोरोना भाइरस उत्पत्तिको खोजअनुसन्धानमा रोक लगाएका समाचारहरु पनि केही अघि प्रकाशित भएका थिए ।

यति मात्रै हैन्, वासिंगटन पोष्टका अनुसार कोरोना भाइरसको माहामारी फैलिनुभन्दा २ वर्षअघि नै वुहानको ल्याबबाट खतराको संकेत भइसकेको थियो ।

चीनस्थित अमेरिकी राजदुतावासको टोलीले वुहानको ल्याबमा अनुसन्धान सुविधा र व्यवस्थापनको अध्ययन गरेको थियो । त्यसक्रममा वुहानको ल्याबाट सयौं कोरोना भाइरस लिक हुनसक्ने खतरा रहेको भन्दै वासिंगटनमा चेतावनी पुगेको थियो ।

ल्याबममा कम सुरक्षा, व्यवस्थापन र उच्च जोखिमका साथ चमेरामा पाइने कोरोना भाइरसमाथि अध्ययन भइरहेको भन्दै दुतावासका अधिकारीहरुले वासिंगटनलाई जानकारी गराएका थिए ।

अहिले विश्व स्वास्थ्य संगठनको आउँदो महिना कोरोना भाइरसको उत्पत्तिका लागि अध्ययन गर्न वुहानमा टोली पठाउने भएको छ ।

यद्यपी, सो टोलीमा रहेका एक अनुसन्धानकर्ता वुहानको ल्याबबाट भाइरस लिक भएको कुरा षडयन्त्रको सिद्धान्त अन्तर्गतको हल्ला मात्र हो भन्दै आएका थिए ।

यी यावत कुराहरुका बाबजुत पनि चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले कोरोना भाइरसको उत्पत्ती नै चीन बाहिर भएको लेखेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ