arrow

केपी ओलीलाई जिस्क्यायो काठमाडौंको वायु प्रदुषणले 

घाम लागे पछि प्रदुषण केही घटे पनि अझै बस्न योग्य छैन काठमाडौं

logo
आकाश शर्मा
प्रकाशित २०७७ पुष २२ बुधबार
kp-oli-serious-mood.jpg

काठमाडौं । बुधबार विहानैदेखि काठमाडौमा घाम लागेको छ । यसबाट प्रदुषणको मात्रा केही कमी भएको छ । तर पनि अवस्था अझै खतरनाक रहेको वातावरणवीद्हरुले जनाएका छन् । बुधबार रत्नपार्कमा राखिएको स्टेशनले त्यहाँको प्रदुषणको मात्रा माइक्रोगाम प्रति घनमिटर (हावाका साना कणहरु) २सय ५९को वरिपरि देखाएको छ । जबकि, मंगबार साँझ रत्नपार्कमा प्रदुषणको मात्रा ३ सय ३० भन्दा माथि पुगेको थियो । ३ सय नाघ्ने वित्तिकै मानव स्वास्थ्यकोलागि त्यहाँको वातावरण अत्यन्त खतरनाक अवस्था मानिने चिकित्सकहरु बताउछन् । बुधबार दिउँसोसम्म रत्नपार्कमा प्रदुषणको मात्रा ३ सय नाघेको छैन । 

वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बुधबार विहानैदेखि घाम लागे पछि काठमाडौंमा प्रदुषणको मात्रा मंगलबारभन्दा केही कमी आएको बताए । हिउँद याममा त्यसमा पनि बदली लाग्यो भने काठमाडौंको प्रदुषण ह्वात्तै बढ्ने उनको भनाइ छ ।वातावरणवीद्का अनुसार माइक्रोग्राम प्रति घनमिटर ४० भन्दा कम भएमा त्यस ठाउँलाई वातावरणीय दृष्टिकोणबाट बस्न योग्य मानिन्छ । यो विश्वस्वास्थ्य संगठनको मापदण्ड हो । नेपालले भने ५०सम्म पुगे पनि उपयुक्त मान्ने गरेको छ । ५० भन्दा माथि पुगे पछि अलिकति असहज, एक सय भन्दा माथि पुगे पछि मानव स्वास्थ्यकोलागि अस्वस्थ्य, १ सयदेखि ३ सयको विचमा पुगे पछि हानिकारक तथा ३सय भन्दा भन्दा पुगे पछि बस्न नसक्ने गरी अत्यन्त हानिकारक मान्ने गरिएको छ । ‘३ सय नाघ्नु भनेको अवस्था धेरै गम्भिर हुनु हो’ जोशीले भने । 

२०७५ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा अबको दुई वर्षभित्र विदेशीहरु स्वच्छ हावा लिन काठमाडौ आउने भाषण गरेका थिए । ओलीको भाषणलाई मंगलबार काठमाडौंमा देखिएको प्रदुषणले ठाडै चुनौती दिएको छ । ओली सरकारले काठमाडौमा प्रदुषण कुनै काम गरेको छैन । काठमाडौंको प्रदुषण कम गर्न सरकारले कुनै पनि कार्यक्रम ल्याएको छैन । इट्टा भट्टा, पुराना सवारी साधान, कलकारखानाले काठमाडौंमा प्रदुषण ह्वात्तै बढाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ