arrow

गंगामायाको जीवन रक्षा गर्न अपिल

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
gangamaya3.jpg

काठमाडौं ।  १२औँ अनसनमा रहेकी गंगामाया अधिकारीको जीवन रक्षाका लागि द्धन्द्ध पिडीत राष्ट्रिय संजाल नेपालले सरकारसँग अपिल गरेको छ । मंगलबार संजालका अध्यक्ष गोपाल बहादुर शाह र महासचिव सुरेन्द्र खत्रीले प्रेस विज्ञप्ती जारी गरि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखि पछिल्लो पटक २०७७ साल पुष ६ गते देखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य दिन प्रति दिन जटील बन्दै गइरहेको छ ।

 'न्यायप्राप्तीको अभियानमा अनसनरत अधिकारीको छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीलाई कारबाही गर्न, र निज गंगामाया अधिकारीको जिवन रक्षाका लागि द्धन्द्ध पिडीत राष्ट्रिय संजाल नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ', विज्ञप्तिमा उल्लेख छ ।

२०६९ साल माघ २२ मा पहिलोपल्ट गंगामाया आफ्ना पति नन्दप्रसाद अधिकारीसँग अनशन बसेकी थिइन । १२औँ पल्ट अनसन बस्दा सम्म पनि उनले न्याय पाएकी छैनन् । सात वर्षअघि निधन भएका श्रीमान्को दाहसंस्कार समेत गर्न पाएकी छैनन् । श्रीमान्को शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शवघरको वाकसमा छ ।

कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै न्यायको लडाईं लडेको वर्षौ वित्यो । तर, हत्या आरोपीलाई राज्यपक्षबाट सजाय भएको छैन । किटानी दिएका १३ जना मध्ये १२ जनालाई चितवन जिल्ला अदालतले सफाई दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ