arrow

दुवै मृगौला फेल भएकी अनितालाई उपचार गर्न आर्थिक अभाव, जापानमा जुट्यो १ लाख ४७ हजार 

संकलित रकम हस्तान्तरण गरे कार्कीले

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
anita-kutal.jpg

काठमाडौं । दुवै किड्नी फेल भएर भक्तपुर मानव अंगप्रत्यारोपण केन्द्रमा उपचाररत उदयपुरकी अनिता कटुवाल कार्कीलाई आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि आर्थिक संकलन सुरु गरिएको थियो ।

नेपाली कांग्रेस उदयपुरका विधार्थी विभाग प्रमुख एलबी कार्कीको अगुवाइमा संकलित १ लाख ४७ हजार रुपैंयाँ हालै अनितालाई हस्तान्तरण गरिएको छ ।

साविक आपटार निवासी रामबहादुर कटुवालकी छोरी त्रियुगा नगरपालिका–८ निवासी विरबहादुर कार्कीकी बुहारी विनोद कार्कीकी श्रीमती अनिता केही महिनाअघि देखि मृगौला रोगबाट पीडित थिइन ।

चार र सात बर्षीया दुई छोरीको आमा अनिताका श्रीमान बैदेशिक रोजगारीबाट फर्किएर उनकै उपचारमा सक्रिय छन् । विदेशमा कमाएको र घरमा रहेको केही जायजेथाले पनि उपचार खर्च नपुग्ने भएपछि अनिताको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको हो ।

काठमाडौंमा बस्ने उदयपुरबासीले उपचार खर्च संकलन सुरु गरिसकेको अगुवा एलबी कार्कीले जानकारी दिए । जापानमा बस्ने रौतामाइ गाउपालिका–६ निवासी नीरज कटुवालको संयोजनमा १ लाख ४७ हजार संकलन भएको हो । 

अनितालाई सहयोग गर्ने जापानका मनकारीहरुको नामावली:
निरज कटुवाल – २१,१०० रौतामाई गाउपालीका – ६, नेत्र राउत –१३,३०५ त्रियुगा १६, सुकौरा, भरत थापा –१०,५०० त्रियुगा – ५ भल्वाइ, विक्रम राया –१०,१०० रौतामाई मुर्कुची, सृजना दाहाल –१०,१०० रौतामाई गाउपालीका – ६, ईश्वर राउत –१०,००० रौतामाई गाउपालीका – ६, मेघराज थापा –१०,००० रौतामाई मुर्कुची , दिनेश थापा –१०,००० रौतामाई मुर्कुची, निकेश कटुवाल –१०,००० त्रिनपा – ३, मतिगोडा चाप, नर्दिप राई –१०,००० रौतामाई कर्कुसे, प्रीयाकां खड्का – ५,००० कटारी, सुरक्षा पाण्डे –५,००० फर्पिङ्ग काठमाण्डौ,  मंगल तामाङ्ग –५,००० लम्जुङ्ग, घमान मगर – ५००० त्रियुगा १६ आहाल, लेलिन भट्टचन सेकुवा घर ओकुबो –५००० जापान, सुजन पन्त– ५,००० अकुवा ग्रुप कम्पनी जापान । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ