arrow

कैंचीले हानेर भारतीय नागरिकको हत्या, अभियुक्त फर्पिङबाट पक्राउ

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
murder.jpg

काठमाडौं। काठमाडौंको एक गार्मेन्टमा काम गर्ने भारतीय नागरिकले अर्का भारतीय नागरिकको कैंची प्रहार गरी हत्या गरेका छन् । 
प्रहरीले धारिलो कैचीले हानेर हत्या गरेको अभियोगमा भारत मोतीहारीका २५ वर्षिय सुबोध मियाँलाई पक्राउ गरेको छ । 
काठमाडौं महानगरपालिका १६ बालाजु बाइपास बस्दै आएका सुबोधले कैंची प्रहार गरी भारत मोतीहारी नै घर भएका २५ वर्षीय कलाम मियाँको हत्या गरेका हुन । 
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी समेत रहेका प्रवक्ता प्रमेश विष्टले  कपडा सिलाइ गर्ने एउटै पेशामा आबद्ध उनीहरु बिच आपसी मनमुटावपछि घटना भएको पाइएको बताए । 
मंगलबार राती कलाममाथी कैची प्रहार भएको थियो भने उनलाई घटनापछि उपचारका लागि राती नै त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्‍यार्इएको थियो । उपचारकै क्रममा उनको मंगलबार राती नै निधन भएको प्रहरीले जनाएको छ । 
तर सुवोध भने घटनापछि भागेर काठमाडौंबाट बाहिरिंदै थिए । सो क्रममा प्रहरीले उनलाई बुधबार विहानै फर्पिङबाट पक्राउ गरिएको जनाएको छ । 
महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरले अनुसन्धानका क्रममा उनीहरु बिच विगत एक महिनादेखि नै विवाद रहँदै आएको पाइएको जानकारी दिए । हत्या गर्ने सुवोध र कलामको मामा बीचको विषयमा उनीहरु बिच झगडा हुँदै आएको अनुसन्धानमा खुलेको उनले जानकारी दिएका हुन । 
पक्राउ परेका सुबोधले भने हत्या गर्ने नियतबाट नभइ सामान्य विवादका क्रममा कलामले आफूमाथी रड प्रहार गर्दा आफूले समेत हातमा रहेको कैंची प्रहार गरेको बयान प्रहरीमा दिएको प्रहरी बताउँछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ