arrow

भूकम्प प्रभावित विद्यालय पुनर्निमाणका लागि भारतको ३० करोड ६० लाख सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
indian-help-school-nra.jpg

काठमाडौं। भूकम्पबाट प्रभावित विद्यालय पुननिमार्णका लागि भारत सरकारले ३० करोड ६० लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

भारतीय दुतावासका उपप्रमुख नामग्य खम्पाले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुसील ज्ञवालीलाई यो रकम हस्तान्तरण गरेकी हुन् ।

भारत सरकारले नेपालका विभिन्न ८ जिल्लामा ९१ शैक्षिक संस्थाको पुननिमार्णका लागि ५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यो राशी सोहि प्रतिबद्धता गरेको सहयोग अन्तर्गतको हो । 

यसअघी भारतले भुकम्पबाट प्रभावित विभिन्न जिल्लामा ५० हजार घर निमार्ण गर्ने प्रतिद्धता गरे अनुसार ४६ हजार भन्दा बढी घर निर्माण गरिसकेको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ