arrow

ट्रम्पको ट्वीटर एकाउण्ट १२ घण्टाका लागि निलम्बन

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २३ बिहिबार
trump-twitter.jpg

काठमाडौं । सामाजिक संजाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट १२ घण्टाका लागि निलम्बन गरेको छ। उनले राखेका भिडियोहरुले ट्वीटरको नियम उल्लंघन गरेको भन्दै ट्वीटरले निलम्बन गरेको हो । 

ट्रम्पले राखेका भिडियोले सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै ट्वीटरले आफ्नो नियमअनुसार निलम्बन गरेको जनाएको छ । 

अमेरिकी कंग्रेसमा सांसदहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेकै बेला ट्रम्पका समर्थकले संसदमा आक्रमण गरी एक जनाको हत्या गरेका छन् भने ६ जना गम्भीर घाइते भएका छन् । 

आफूहरुलाई हराइएको भन्दै राष्ट्रपति ट्रम्पले उत्तेजित समर्थकहरुलाई उत्तेजित पार्ने भिडियो ट्वीटरमा पोष्ट गरेका थिए । ट्वीटरले यस्ता खालका सामाजिक सद्भाव बिगार्ने पोष्ट फेरि गरिए सधैका लागि ट्रम्पको खाता बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ