arrow

मेस्सीको दुई गोलले जित्यो बार्सिलोना

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
messi67.jpg

काठमडौं । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्धतले स्पेनिश ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । महत्वपूर्ण जितसहित उपाधि दाबेदार बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ । 

बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै मैदानमा ३–२ गोल अन्तरले पराजित गरेको हो ।

यो बार्सिलोनाको पुनरागमन जित थियो । खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ३८ औं मिनेटमा मेस्सीले पहिलो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा पुर्याए । इन्जुरी समयमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएका थिए । 

यो शानदार जितसँगै बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेर आफूलाई तेस्रो स्थानमा पुर्याएको छ । 

लिगमा १५ खेलबाट ३८ अंकसहित लुइस सुआरेज रहेको एथलेटिको मड्रिड शीर्ष स्थानमा छ । १७ खेलबाट ३६ अंकसहित डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड दोस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ