arrow

अदालतले थाहा नपाए जसरी निरुपणमा ढिलाई गरेको छ – पम्फा भुषाल

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
pampha-bhusal1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुषालले आफूहरु नै संस्थापन पक्ष भएकाले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय दिने दावी गरेकी छिन् । उनले तीन सय भन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा दलको चुनाव चिन्ह लिन गएकाले त्यसकै आधारमा आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने बताएकी हुन् । 

४४१ सदस्यीय केन्द्रीय सदस्यमध्ये ३ सय भन्दा बढी आफूहरुसँग भएसँगै भुषालले आफूहरु नै संस्थापन भएको दावी गरेकी हुन् । कानूनी आधारमै आफूहरुको पक्षमा निर्णय आयोगले दिने उनको दावी हो । आयोग कानूनभन्दा बाहिर जान नसक्ने उनको भनाइ छ । 

उनले बैशाखमै चुनाव गर्ने उद्धेश्यले केपी शर्मा ओलीले संसद विघटन नगरेको बताइन् । उनले भनिन्, ‘चुनाव नगराउने हिसाबले नै मिति घोषणा गरिएको हो ।’

उनले अग्रगमन र पश्चगमनमा मुलुक ध्रुवीरकण भइरहेको भन्दै अदालतले थाहा नपाएजसरी नै निरुपणमा ढिलाई गरेको उनको आरोप छ । 

भुषालले नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै सर्वोच्च अदालतले विषयलाई गम्भीर्यता हेरेर छिटो निर्णय दिनुपर्ने बताइन् । 

उनले आन्दोलनमार्फत जनतालाई सचेत पार्ने र अर्को न्यायीक पक्ष भएको भन्दै दुवैमार्फत आफूहरुले जित हासिल गर्ने बताइन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत गत पुस ५ गते संसद विघटन गरेपछि देशमा राजनीतिक संकट निम्तिएको छ । 

सर्वोच्च अदालतमा एक दजन बढी रिट संसद विघटनविरुद्ध परेका छन् । संसद विघटन गरेपछि नेकपा पनि दुई चिरामा विभाजित भएको छ । ओलीले आफू संस्थापन भएको भन्दे आफ्ने नेतृत्वमा नेकपालाई अगाडि लगेका छन् भने ओलीको असंवैधानिक कदमपछि एकजुट बनेको पीडित समूह प्रचण्ड–नेपाल पक्षको एक समूह पनि सशक्त उभिएको छ । 

ओली समूहमा सत्तामा रहँदा प्रचण्ड–नेपाल समूह सडकमा गएको छ । प्रचण्ड–नेपाल समूह संसद पुनःस्थापना हुनुपर्ने अडानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ