arrow

मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छः ईश्वर पोखरेल

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
ishower-pokhrel-minister-ncp.jpg

चौतारा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् ।

सिन्धुपाल्चोकको खाडीचौरमा बिहिबार आयोजित  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताए ।
 
ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उनले वैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा लामाले वैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ