arrow

संसद विघटनको विरोधमा ऐना बोकेर विवेकशीलको प्रदर्शन

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
Bibeksheel-mirror.jpg

काठमाडौं। संसद विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक र जनविरोधी कदम भन्दै आइरहेको विवेकशिलले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै नागरिक, समाज, दल र सरकारलाई अवस्थालाई ऐनामा हेरेर रिफ्लेक्ट गर्न भनेको हो । 

‘रिफ्लेक्ट गरौं नागरिकले, समाजले, दलले र सरकारले’ बिचमा ऐनालाई राखिएको प्लेकार्डमा लेखिएको छ । नेताहरुको व्यक्तिवादी चिन्तन, व्यक्तिगत र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लगेकोले नेताहरुले एकपटक आ–आफ्नो व्यवहारहरु  ऐनामा हेरुन् र तटस्थ भएर आफ्नै  व्यवहारहरुको गम्भीर समीक्षा गरुन् भन्ने सन्देश प्रवाह गर्न आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको र शनिवार १०:३० बजे पनि माइतीघर मण्डलमा ऐना प्रदर्शन गर्दै प्रधानमन्त्रीको अधिनायकवादी कदमको प्रतिवाद जारी राख्ने विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले बताए ।

‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा भएको प्रदर्शनमा वर्तमान समय कोरोना बिरुद्धको भ्याक्सिनको भएर ‘कू’ गर्ने समय नभएको भन्दै प्रधानमन्त्रीलाई जनता केन्द्रित हुन प्लेकार्ड मार्फत सचेत गराइएको छ ।

प्रदर्शनमा विवेकशीलका नेता कार्यकर्ता ऐना बोकेरै उत्रिएका थिए । ऐनासहितको प्लेकार्डमा ‘मनन गरौं हाम्रो अवस्था, हाम्रो लक्ष्य र हाम्रो आवश्यकता’ जस्ता नारा लेखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ