arrow

संसद विघटन बिरुद्ध कांग्रेस

शनिवार कांग्रेसको ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम 

देउवाको सम्बोधन बुढालिनकण्ठमा, पौडेलको गोलढुंगा र गगनको कपनमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २४ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। संसद विघटनका बिरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको नेपाली कांग्रेसले शनिबार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध गर्दैछ । विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बुढानिलकण्ठ जाने भएका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । 

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा आयोजना हुने विरोध सभामा जाने भएका छन् भने प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुँदैछन् । 

यसैगरी क्षेत्र नम्बर ४ को दुबै निर्वाचन क्षेत्रमा नेता गगन थापाले कपन, ह्याण्डबल मैदानमा सम्बोधन गर्ने छन् भने निर्वाचन क्षेत्र नम्बर ५ को दुबै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्बोधन गर्नेछन् । उनी त्यहाँबाट नुवाकोटमा हुने विरोध सभामा समेत सहभागी हुन जानेछन् ।

यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, सो क्षेत्रका सांसद भीमसेनदास प्रधान र कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ सहभागी हुनेछन् । सो क्षेत्रको कार्यक्रम कार्यक्रम प्रदर्शनीमार्ग भृकुटीमण्डपमा हुनेछ । काठमाडौं ६ को ‘ख’ प्रदेश सभामा नेतृ डा डिला संग्रौलाले सम्बोधन गर्नेछिन् । 

यसैगरी क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नविन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुबै प्रदेश सभाको क्षेत्रमा नेता ध्यानगोबिन्द रञ्जितले नेतृत्व गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिने भएका छन् ।  

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निणर्य गरेको थियो । जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ ।

काठमाडौंमा हुने कार्यक्रम १२ बजे देखि २ बजेसम्म आआफ्ना अनुकुल हुने गरी संचालन गरिने काठमाडौं कांग्रेसका सभापति बानियाँले जानकारी दिए । काठमाडौं जिल्लामा प्रदेश तर्फ २० वटा निर्वाचन क्षेत्र छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ