arrow

६४ प्रतिशतको नेता म हुँ, प्रतिनिधिसभा पुनस्थापना कुनै हालतमा हुन्न : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
oli-kp1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनस्थापना कुनै हालतमा नहुने बताएका छन् । शुक्रबार धनगडीमा आफु पक्षले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भनेका छन्, ‘६४ प्रतिशतको नेता म हुँ, संसदमा अर्को विकल्प छैन । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’

विभाजित नेकपाको ओली पक्षका अध्यक्षसमेत रहेका उनले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न समेत भनेका छन् ।

भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’

‘चुनाव वैशाख १७ गते नै हुन्छ, वैशाख २७ गते नै हुन्छ । प्रतिनिधिसभाको चुनाव हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ