arrow

'राष्ट्रपति विद्यादेवी भण्डारी देशको अभिभावक नभएर प्रधानमन्त्री केपी ओलीको कारिन्दा'

संसद विघटनको विरोधमा नेविसंघको उल्टो यात्रा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २४ शुक्रबार
NSU-Demonstration-govt.jpg

काठमाडौं।नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगानाले राष्ट्रपति विद्यादेवी भण्डारी देशको अभिभावक नभएर प्रधानमन्त्री केपी ओलीको कारिन्दा भएको बताएका छन् । 

संसद विघटनको असंवैधानिक कदमका बिरुद्ध शुक्रबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म नेविसंघले गरेको उल्टो पैदल यात्रापछिको विरोध सभालाई सम्बोधन गर्दै ढुंगानाले राष्ट्रपति भण्डारी देशको अभिभावकको साटो प्रधानमन्त्रीको कारिन्दा भएको बताए । 

‘राष्ट्रपति त देशको अभिभावक हुनु पर्ने हो, तर उहाँ त प्रधानमन्त्रीको कारिन्दा बनेर संविधानको व्यवस्थालाई नै उडाउँने गरी संसद विघटनको खेलमा आफैं लाग्नु भयो,’ अध्यक्ष ढुंगानाले भने ।  

ढुंगानाले सरकार संविधान विपरित उल्टो गतिमा हिंडेकाले असंवैधानिक कदमको विरोधमा नेविसंघले उल्टो यात्राबाटै विरोध गरेको र सच्चिन दबाब दिएको बताए । 

उनले कंचनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या देखि वालुवाटारकाण्ड, वाइडबडी काण्ड, स्वास्थ्य सामग्री खरिद लगायतमा सरकारको उल्टै मती देखिएको समेत आरोप लगाए । 

‘सरकार निर्मलालाई न्याय दिनुको सट्टा त्यसको विरोधमा उत्रिएकालाई गोली हान्न लाग्यो, वालुवाटार जग्गा काण्डका दोषीमाथी कार्वाही गर्नुको साटो विष्णु पौडेललाई अर्थमन्त्री उपहार दिन लाग्यो, स्वास्थ्य सामग्री सहुलियतमा ल्याउनुको साटो कमिसनको खेलमा लाग्यो, सरकार सधैं उल्टै गतिमा हिड्दैछछ, हुँदाहुँदा संविधान नै कुल्चेर संसद विघटन गर्यो,’ नेविसंघ अध्यक्ष ढुंगानाले भने । 

नेविसंघ उपाध्यक्ष तुलसा पन्तले संसद विघटनको असंवैधानिक कदमलाई जनताको बल र लोकतन्त्रको जगबाट उल्टाएरै छाड्ने बताइन । 

नेविसंघ महामन्त्री उर्मिला थपलियाले राष्ट्रपतिबाट समेत संसद विघटनको कदममा सहमती दिनुले महिलामाथीको निणर्य क्षमतामा नै प्रश्न उठेको बताइन । 

अर्का महामन्त्री युवराज पाण्डेले आफूलाई संविधान भन्दा माथी सोचेर अघि बढ्ने शासकहरु पतन भएको इतिहास पल्टाएर हेर्न प्रधानमन्त्री र राष्ट्रपतिलाई सचेत गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ