- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कंचनपरकी १३ वर्षीय बालिका निर्मला पन्तका लागि न्याय माग्दा पक्राउ परेका सात युवालाई प्रहरीले छाडेको छ। प्रधानमन्त्री केपी ओली सहभागी धनगढीको एक कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर आएका सात युवालाई प्रहरीले शुक्रबार दिउसो पक्राउ गरेको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले उनीहरुकै सुरक्षाका लागि प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको र साँझ छाडिएको बताए। ‘ठूलो भीडभाडमा उनीहरु रहेछन, त्यसपछि उनीहरुमाथी नै सुरक्षाको खतरा देखेर प्रहरीले नियन्त्रणमा लिएको थियो, तर अहिले सबैलाई छाडिएको छ,’ एसएसपी कुँवरले हाम्राकुरासँग भने।
ति युवा पक्राउ परे लगत्तै प्रधानमन्त्री ओली र सरकारको सामाजिक संजालसहित सर्वत्र विरोध भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सो कदमको विरोध गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइ गर्न माग गरेका थिए।