arrow

संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ ? : नेता सिंह

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
prakashman11.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाखमा तोकिएको चुनाव कुनै हालतमा हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताए । त्यही भएर आन्दोलनमा उत्रिएको उनको भनाइ थियो ।

‘दुईतिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर, संसद्मा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले प्रश्न गरे ।

उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताउँदै उनले भने,  ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले, असंवैधानिक कदम सच्चाउनुपर्छ ।’

‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको उनको भनाइ थियो ।

संसद् विघटनको मुद्दा अदालतले हेरिरहेको र अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्मअनुसार गर्नेमा आफू विश्वस्त रहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ