arrow

नेपाली जनतालाई गगनको प्रश्न: तपाइँले प्रधानमन्त्री खोजेको कि जोकर ?

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
gagan-thapa.png

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटन गर्नु वहसको बिषय नै नभइ अनाधिकृत भएको बताएका छन् ।

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर ४ को विरोधसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेता थापाले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोकरका रुपमा तुलना गरे । ओली भाषणमा गफदिँदै गर्दा ताली बजाउनेहरुलाई नेता थापाले संयमित भएर सोच्न समेत आग्रह गरे । उनले भने, ‘तपाइँहरुले प्रधानमन्त्री खोजेको होकी जोकर खोजेको हो ?’ 

थापाले अमेरिकाको तुलना गर्दै ट्रम्पले गलत काम गरेपछि उनलाई प्रधानमन्त्री बनाउन सघाउनेले नै आज ब्वाइट हाउसको मद्दत गरेको भन्दै ओलीलाई हटाउन पनि सबैले यस्तै गर्नुपर्ने बताएका छन् । 

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकले आज सबैको घरमा आगो लागेको बताए । उनले भने अब आगो निभाउनका लागि जसरी हुन्छ सबैले लाग्नु पर्यो । 

 उनले अगाडी भने, ‘संसद बिघटन गर्नु अनाधिकृत काम हो। संवैधानिक हो या होइन वहसको बिषय नै होईन यो अनाधिकृत हो।’उनले भने, ‘कमरेड ओलीलाई खुला चुनौती, तपाई सुवास नेम्वाङ र अग्नी खरेल बोकेर आउनुस् हामी संविधान जारी गर्ने रामवरण यादव लिएर आउँछौं। खुलामञ्चमा बहश गरौं।’ 

यसबाहेक नेता थापाले ओलीको कदमले देश अन्धकारको बाटोमा गएको भन्दै यसलाई प्रकाशतर्फ डोर्याउन सबैले संसद विघटनको कदमविरुद्ध एक हुनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ