arrow

विश्वासको मत प्राप्त नगरेको प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन : विश्वप्रकाश

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
biswaprakash-sharma1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु पूर्णरुपमा अवैधानिक भएको बताएका छन् ।

नेपाली कांग्रेसले काठमाडौंको प्रदर्शनी मार्गमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता शर्माले कसैले कसैलाई चोकमा धकेले २० वर्ष सजाय गर्न मिल्छ भनेर प्रश्न गरेका छन् ।

हिजो धनगढीमा ओली पक्षले आयोजना गरेको सभामा ओलीले संसद विघटनका बारेमा थाहा नभए संविधान पढ्न भन्दै कटाक्ष गरेका थिए । यसैको जवाफमा नेता शर्माले संविधानको धारा ७६ संसद विघटन सम्बन्धी कुरा उल्लेख भएपनि विश्वासको मत प्राप्त नगरेको प्रधानमन्त्रीले संसद विघटन गर्न नमिल्ने स्पष्ट रहेको बताए ।

नेता शर्माले भने, संविधानमा कहीं कतै विघटन शब्द उल्लेख गरिएको छ भन्दैमा संसद विघटन गर्न मिल्छ ? संविधानमा त २० वर्ष जेल सजाय तोकिएको छ, चोकमा कसैले कसैलाई धकेले २० वर्ष सजाय गर्न मिल्छ ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ