arrow

धतुरो रोपेर सुन्तला खान पाइँदैन, कम्युनिष्टले रोपेर लोकतन्त्र बच्दैनः नेता केसी 

कम्युनिष्टलाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आयो 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७७ पुष २५ शनिबार
Arjun_Nkc.jpg

हेटौंडा। नेपाली कांग्रेसका नेता एबं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नेकपालाई अब इतिहासमा मात्र सिमित गर्नुपर्ने दिन आएको बताएका छन्। कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले जसरी जनताले लोकतन्त्र बिरोधी राणा र राजा इतिहासमा सिमित भएका छन् त्यसैगरी अब कम्युनिष्टलाई पनि इतिहासमा सिमित गर्नुपर्ने बेला आएको बताए।

२००७ सालको क्रान्तिदेखि देशका १७ हजार भन्दा बढी जनताको ज्यान लिएर राष्ट्रको सम्पत्ती तहसनहस गर्नेलाई पनि डोर्याएर लोकतन्त्रमा ल्याउने पार्टी काङ्ग्रेस नै भएको बताउँदै उनले लोकतन्त्रको सम्बाहक काङ्ग्रेस बाहेक अरु उन नसक्ने बताए।

लोकतन्त्रका लागि काङ्ग्रेसको यात्रा निकै लामो रहेको र हालसम्म नेपालका संबिधान सबै काङ्ग्रेसकै पालामा बनेको उदाहरण दिंदै नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री ओली भस्माशुरको अवतारमा जन्म लिएको बताए।

उनले लोकतन्त्रको बिरोधी भष्माशुरलाई राणा र राजालाई हटाए जसरी हटाउनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा  केसीले ‘घरमा धतुरोको बोट रोपेर सुन्तला खान पाइदैन, कम्युनिष्टको बोट रोपेर लोकतन्त्र बँच्दैन’ भन्ने कुरा सबैले बुज्न जरुरी रहेको र त्यो कुरा नेकपा आफैंले प्रमाणित गरेको पनि बताए ।

नेपकाको सरकार प्रहसनका लागि मात्र बनेको र कहिले बिरालो त कहिले लाटोकोसेरोको उखान जोडेर हसाँउन बाहेक केही गर्न नसकेको आरोप लगाए ।  

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कुनैपनि बहुमत प्राप्त दलले संसद भंग गर्ने अधिकार नेपालको संविधानले नदिएको भन्दै केपी ओलीले संविधानको भावनामाथि खेलवाड गरेको बताए ।

बैशाखमा निर्वाचन हुन नसकेमा स्वतः संसद पुनस्र्थापना हुनसक्ने गरी अदालतले फैसला गर्ने बानियाँले विश्वास व्यक्त गरे । ‘नेपाली कांग्रेसले स्तन्त्र न्यायपालिकालाई कुनै दबाब दिँदैन । स्वतन्त्र रुपमा न्यायपालिकाले काम गरोस् । संविधानले परिकल्पना नगरेको कुरातिर नजान आग्रह गर्न हामी सडकमा आएको हो’, बानियाँले भने ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का सभापति तारानाथ चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, पार्टी सल्लाहकार एवम् नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात दाहाल, प्रदेशसभा सदस्यका प्रत्यासी अशोक शाक्य, पार्टी हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडाको फरेष्टी गेटअघिबाट निस्किएको विरोध जुलुस बुद्धचोकमा आइपुगेर कोणसभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ