arrow

कांग्रेस नेता बजगाँईले मनाङबाट यसरी उद्धार गराए गोर्खाकी आशमायाको

आरुघाटको बिरोध कार्यक्रमबाटै गरे हवाई उद्धारको समन्वय

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
rescue-rajendra-bajgain.jpg

गोर्खा। शनिवार कांग्रेसले देशभर निर्वाचन क्षेत्रको प्रदेशस्तरीय विरोध कार्यक्रम गरेको थियो। देशैभर कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नो निर्वाचन क्षेत्रमा खटिएका थिए । आफ्नो निर्वाचन क्षेत्रका मतदाता नागिकहरुसँग केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका बारेमा बताइरहेका थिए ।

गोर्खा क्षेत्र नम्बर १ ख मा पनि खटिएका थिए कांग्रेस नेता चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाँई लगायतका नेताहरु । केपी ओलीले चालेको प्रतिगमनको बिरोधमा बोल्ने पालो आउँदै गर्दा गोर्खा आरुघाटको कार्यक्रममा सोहि प्रदेशबाट प्रदेश सभामा चुनाव लडेका कांग्रेस नेता राजेन्द्र बजगाँईलाई फोन आयो । फोन गर्ने मान्छेले आत्तिएको आवाजमा एकै सासमा कुरा राख्दै उद्धारका लागि आग्रह गरे।   

मनाङको तेंकीमा गोर्खा धार्चेकी एक महिला सिकिस्त भएको र उद्धार नगरिए जे पनि हुन सक्ने अवस्थाको बारेमा फोन गर्ने मानिसले सबै कुरा बताएपछि राजेन्द्र बिरोध कार्यक्रमकै बीचबाट ति महिलाको उद्धारका लागि बन्दोबस्ती मिलाउन लागे। महिलाको उद्धार भएर काठमाडौं पुर्‍याउन उनले बिरोध सभाका लागि मञ्चमा बस्दा बस्दै समन्वय गरे । उद्धारका लागि एयर लिफ्टिङ भन्दा अर्को विकल्प थिएन। 

पोखरामा रहेको हेलिकप्टर सानो खालको रहेकोले जान सक्ने अवस्था थिएन । मनाङ र मुस्ताङमा दिउँसोपख हावा लाग्ने कारणले सानो हेलिकप्टर त्यहाँ जान मुस्किल पर्छ । आत्तिएर फोन गर्ने आवाजलाई सान्त्वना दिदै राजेन्द्रले जतिसक्दो चाँडो उद्धारका सबै उपाय अपनाएर उद्धार गर्ने बिषयमा आश्वस्त पारे । यति गरिसक्दा उनलाई आरुघाटको बिरोध कार्यक्रममा बोल्न बोलाइयो । 

कार्यक्रममा उद्घोषकले बोलाएको सम्झदै हाम्राकुरासँग बजगाँईले भने मेरो त कार्यक्रममा बोल्ने भन्दा पनि कसरी उद्धार समयमै गर्न सकिन्छ भन्नेमा ध्यान रहेकोले आफ्नो संक्षिप्त कुरा राखेर उद्धारकालागि समन्वय गर्न समय चाहिने कारणले मन्तव्य सकाए र लागे उद्धारको समन्वयतर्फ।

राष्ट्रिय प्रकृती संरक्षण कोषमा कार्यरत गोर्खाको धार्चेकी आशमाया गुरुङ मुटुको विरामी छिन् । उनलाई धेरै चिसो ठाउँमा काम नगर्न चिकित्सकले सल्लाह दिएका छन् । तर उनलाई कोषले ३५ सय मिटर उचाईको तेंकीमा खटाएको थियो । जसोतसो काम गरिरहेकी थिइन्।

शनिवार भने उनलाई सिकिस्तै पारेपछि उनका आफन्तले उद्धारका लागि राजेन्द्र बजगाँईलाई गुहारेका थिए। उद्धारका लागि भने सबै काम छोडर लाग्ने स्वभावका राजेन्द्रले शनिवार आरुघाटमै बसेर मनाङबाट आशमायालाई उद्धारमा जुटेका थिए।

नभन्दै काठमाडौंबाट गएको आल्टिच्युड एयरको हेलिकप्टरले उनलाई उद्धार गरेर काठमाडौं ग्राण्डी अस्पतालमा पुर्‍याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको सुनाउने क्रममा खुसी हुँदै राजेन्द्रले भने अबको एक घण्टामा विरामीका बहिनी फुलमाया गुरुङलाई पनि उनीसँग भेट गराउन सक्छु होला । यसो भनिरहँदा उनी गोर्खाबाट थानकोटको उकालोमा काठमाडौं प्रवेश गर्ने क्रममा थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ