arrow

जनकपुरमा पनि घन्कियो ओलीविरुद्धको नारा

logo
निरंजनकुमार साह,
प्रकाशित २०७७ पुष २६ आइतबार
mahila-rally-congress-dhanu.jpg

धनुषा । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध धनुषामा पनि वृहत प्रदर्शन गरेको छ ।

संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । शनिवार पूर्व निर्धारित कार्यक्रम अनुसार देशका सबै निर्वाचन क्षेत्रहरुमा धनुषामा समेत प्रदर्शन गरेको हो । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आयोजित नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको आरोप लगाउँदै ओली विरुद्व नाराबाजी गरेका थियो ।

जनकपुरधामको पिडरिया माई थानस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । 

नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रिय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ को (ख) मा केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना, क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजा गोइत,२ को (ख) मा केन्द्रीय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभा सदस्य रामसरोज यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो ।

त्यस्तै निर्वाचन क्षेत्र नं ३ को (ख) मा केन्द्रीय सदस्य मिनाक्षी झा एवं क्षेत्रिय सभापति कन्हैया लाल कर्ण र क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार बासुलाल महतो एवं ४ को (ख) मा केन्द्रीय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएका हुन् ।

र्यालीमा सहभागीहरुले प्रतिनिधि सभा पुनस्र्थापित गर, प्रतिगमनकारी ओली मुर्दावाद, लोकतान्त्रिक शक्ति जिन्दावाद लगायतका नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ