arrow

संविधान र हालको व्यवस्था नै गलत हो भन्ने प्रयासहरु भइरहेका छन् : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
KP-rastrsava.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान वा प्रणाली नै बेठिक भयो भन्ने निष्कर्ष निकाल्ने प्रयास भइरहेकाले त्यसको बचाउ आफूले गरेको जिकिर गरेका छन् ।

आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभामा पाँच बर्ष जाने विश्वास रहेको र जनताले पनि सोही अनुसारको जिम्मेवारी दिएपनि विघटन गर्नुपर्ने अवस्था आइपरेको बताए ।

उनले भने, ‘यो विचमा सरकारलाई काम नदिने वातावरण बन्यो । सरकारलाई काममा ब्यवधान गरियो, जहिल्यै पनि झमेला मात्र निकालियो, उनले भने,‘ केही ब्यक्तिहरुले पदका लागि राजनीतिलाई वा बहुमतलाई टुक्राउने, खन्डित गर्ने प्रयास गरे । अलोकतान्त्रिक जालझेल र तिकभडम निकालिरहे यसले समस्या निम्त्यायो ।’

सम्बोधनका क्रममा उनले अघि भने, यो अढाइ बर्ष संसदको जोडघटाउ र लेनदेन गर्नेमै वित्यो, कतिपय विधेयक अडकाइदिने काम भयो’, उनले भने,‘मैंले धेरै प्रयास गरें पाँच बर्ष सरकार टिकोस वा प्रतिनिधि सभा टिकोस भनेर तर सकिन ।’
सत्तारुढ दलभित्रै चरम अस्वस्थ्य राजनीतिले काम गर्न नदिएको र सिंगो पार्टी भन्दापनि गुट र उपगुटका भेलाबाटै संगठनलाई कमजोर बनाउने प्रयास भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ